


काठमाडौँ : झापाको मेचीनगर-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिका कविताकुमारी ढुङ्गाना मृत भेटिएकी छन्। सर्लाहीकी २९ वर्षीया ढुङ्गानाको शव सोमबार साँझ फेला परेको हो।
घटनापछि सोही विद्यालयमा पढाउने उनका श्रीमान् रतन गुप्ता भने फरार छन्। प्रधानाध्यापकका अनुसार गुप्ताले वाट्सएपमा सन्देश पठाउँदै श्रीमती झुन्डिएको देखेपछि डरले कोठामा ताला लगाएर हिँडेको दाबी गरेका छन्।
स्थानीयले आइतबार नै गुप्तालाई झोला बोकेर हिँडेको देखेका थिए। झापाका डीएसपी रञ्जन अवाले शवको पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने र फरार श्रीमान्को तीव्र खोजी भइरहेको बताए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |