


काठमाडौँ : आषाढ शुक्ल पूर्णिमाका अवसरमा बुधबार देशभर गुरु पूर्णिमा पर्व श्रद्धा, सम्मान र कृतज्ञतासाथ मनाइँदै छ। शिक्षा, दीक्षा र जीवनको सही मार्ग देखाउने गुरुजनप्रति सम्मान प्रकट गर्ने परम्पराअनुसार विभिन्न विद्यालय, शैक्षिक संस्था तथा धार्मिक स्थलमा विशेष कार्यक्रम आयोजना गरिएका छन्।
तन्त्रशास्त्र र धर्मशास्त्रका अनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकार हटाई ज्ञानको ज्योति फैलाउने व्यक्तिलाई गुरु मानिन्छ। हिन्दू परम्परामा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरूपका रूपमा सम्मान गरिन्छ। त्यसैले शास्त्रमा
‘गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः’
भन्ने श्लोक प्रचलित छ। माता–पितापछि गुरुलाई देवतासरह मान्ने परम्पराअनुसार ‘आचार्यदेवो भव’ भन्ने मान्यता रहेको छ। गुरु पूर्णिमाका अवसरमा विद्यार्थी, शिष्य तथा विभिन्न संघसंस्थाले आफ्ना गुरुजनप्रति सम्मान व्यक्त गर्दै उनीहरूको योगदानको स्मरण गर्ने परम्परा रहिआएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |