


काठमाडौँ : सुनसरीको देवानगञ्ज घटनामा घाइते भई उपचाररत रविन्द्र मेहताको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङले उनका परिवारसँग वार्ता गरेका छन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा जारी वार्तामा घटनाको अवस्था, परिवारका माग तथा सरकारले चाल्ने आगामी कदमबारे छलफल भएको हो ।
साउन १० गते राति सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएका २२ वर्षीय मेहताको मंगलबार उपचारका क्रममा निधन भएको थियो। घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै गृहमन्त्री अस्पताल पुगेर परिवारसँग संवादमा बसेका हुन्।
यसअघि गृहमन्त्री गुरुङले हिन्दु र मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए। भेटमा पछिल्लो समय देखिएको सामाजिक तनाव, शान्ति–सुरक्षा र आपसी सद्भाव कायम राख्ने उपायबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |