


काठमाडौं : मनसुन थप सक्रिय भएसँगै बुधबार देशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागले विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने जनाउँदै नदी-नाला आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेको छ। यसको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली छ भने बागमती र गण्डकीका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।
राति पनि अधिकांश भूभागमा वर्षाको क्रम जारी रहने विभागले जनाएको छ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |