


काठमाडौँ : ललितपुरको धापाखेलस्थित ऐतिहासिक तथा धार्मिक महत्त्वको नागदहमा यस वर्षको नागपञ्चमी महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको छ । आगामी भदौ १ गते पर्ने नागपञ्चमी पर्वको अवसरमा आयोजना हुने मेलालाई व्यवस्थित बनाउन स्थानीय तह, सुरक्षा निकाय र सामाजिक संघसंस्थाहरू संयुक्त रूपमा जुटेका हुन्।
मेलालाई स्वच्छ र वातावरणमैत्री बनाउन नेपाल प्रहरी, राजदल गण सशस्त्र प्रहरी, ललितपुर महानगरपालिका वडा नंवर २४ को कार्यालय तथा स्थानीय महिला समितिको विशेष अग्रसरतामा नागदह परिसर तथा पोखरी आसपास क्षेत्रको बृहत् सरसफाइ गरिएको छ।

यस वर्षको मेलामा झन्डै १ लाख ५० हजार दर्शनार्थीको उपस्थिति रहने आंकलन आयोजकहरूले गरेका छन्। हरेक वर्ष नागपञ्चमीका दिन नागदहमा ठूलो मेला लाग्ने गरेको छ । भक्तजनको सम्भावित भीडलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था, दर्शनका लागि सहज लाइन र प्राथमिक उपचारको विशेष प्रबन्ध मिलाइएको वडा कार्यालयले जनाएको छ।
नागपञ्चमीका दिन नागदहमा स्नान गरी नागको पूजाआजा गर्दा सर्पदंशको भय नरहने र सुख-शान्ति मिल्ने धार्मिक विश्वास छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |