


काठमाडौँ : देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने बागमतीसहित विभिन्न प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा लुम्बिनीको पाल्पास्थित अर्सले क्षेत्रमा करिब ३५ मिलिमिटर वर्षा भएको छ ।
आज दिनभर काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ । विशेषगरी पश्चिमी भूभाग र पूर्वी तराईमा वर्षाको गतिविधि बढी हुने तथा साँझ र राति केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । काठमाडौंमा दिउँसोसम्म वर्षा हुन सक्ने भए पनि रातिदेखि मौसममा सुधार हुँदै जाने अनुमान छ ।
भोलि र पर्सि आजको तुलनामा मौसम क्रमिक रूपमा सुधार हुने भए पनि अपराह्न र साँझ केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ । पश्चिमी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोला आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |