


काठमाडौँ : आज देशका धेरैजसो स्थानमा बदली र मध्यम वर्षाको सम्भावना रहे पनि जल तथा मौसम विज्ञान विभागले ठूलो वा भारी वर्षाको जोखिम नरहेको जनाएको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपासमा अवस्थित छ।
विभागका अनुसार दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रही हिमाली तथा पहाडी भूभागमा हिमपात र मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगमा वर्षाको प्रभाव बढी देखिने अनुमान गरिएको छ।
यसैगरी मधेस र तराईका अन्य प्रदेशमा पनि थोरै तथा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |