


काठमाडौँ : विश्व चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उनकी दीर्घकालीन प्रेमिका एवं मोडल जोर्जिना रोड्रिगेज विवाह बन्धनमा बाँधिएका छन्। पोर्चुगलको तटीय सहर कास्काइसमा आयोजित एक नागरिक समारोहका बीच उनीहरुबीच विवाह सम्पन्न भएको हो ।
आफ्ना पाँचै जना बालबालिकाको उपस्थितिमा सम्पन्न विवाहको जानकारी रोनाल्डोले इन्स्टाग्राममार्फत दिएका हुन्। उनले औँठी लगाएको दुई हातको तस्बिर सेयर गरेलगत्तै सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ।
पोर्चुगाली मिडियाले ‘वर्षको बहुचर्चित विवाह’ भनेको यो जोडीको भेट १० वर्षअघि म्याड्रिडस्थित गुच्ची शोरुममा भएको थियो। गत वर्ष अगस्ट ११ मा उनीहरूले टीकाटालो (इन्गेजमेन्ट) गरेका थिए।
विश्वकपमा सर्वाधिक सहभागी हुने कीर्तिमान बनाएका रोनाल्डोले खेल जीवनमा झन्डै १ हजार गोल गरिसकेका छन्। खेल जीवनमा सफलता चुमिरहेका ४१ वर्षीय रोनाल्डोले अन्ततः आफ्नो प्रेम सम्बन्धलाई आधिकारिक रूपमा वैवाहिक मोड दिएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |