


काठमाडौँ : अमेरिकाले इरानी नाकाबन्दी तोड्न खोजेको पानामाको कार्गो जहाजमा दुईवटा हेलफायर क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार चेतावनी नमानेपछि जहाजको स्टेयरिङ प्रणालीमा प्रहार गरी त्यसलाई अघि बढ्नबाट रोकिएको जनाएको हो ।
यस घटनाले विश्वकै महत्त्वपूर्ण व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा तनाव थप बढाएको छ। इरानले अमेरिकी नाकाबन्दी र युद्ध अन्त्य नभएसम्म होर्मुज बन्द रहने चेतावनी दिएको छ। यद्यपि, कतार र ओमानको पहलमा ६० दिनका लागि अस्थायी रूपमा जहाज आवतजावत सञ्चालन गर्ने विषयमा वार्ता जारी छ भने पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी पनि मध्यस्थताका लागि तेहरान पुगेका छन्।
उता यमनका हुथी विद्रोहीले बाब अल मन्देबमा साउदी जहाजमाथि गरेको आक्रमणमा ६ जनाको मृत्यु भएको छ। होर्मुज र बाब अल(मन्देब दुवै जलमार्ग अशान्त बनेपछि विश्वव्यापी आपूर्ति प्रणालीमा गम्भीर असर परेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |