


काठमाडौँ : काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले आज सातवटा बिक्री केन्द्र तोकेर बिक्री वितरण सुरु गरेको छ। उपभोक्ताले तोकिएका केन्द्रहरूबाट नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर आ आफ्नो ब्रान्ड अनुसारको ग्यास खरिद गर्न सक्ने निगमले जनाएको छ।
निगमको सूचना अनुसार टेकु, चपली बुढानीलकण्ठ, कीर्तिपुरको राधास्वामी, नयाँ बजार ९जुडो हल परिसर०, तारकेश्वर नगरपालिका, चन्द्रागिरि नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट विभिन्न ब्रान्डका ग्यास उपलब्ध गराइनेछ।
यसअघि शनिबार निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा उपत्यकाका पाँच स्थानबाट कुल ६ हजार ८०२ थान ग्यास सिलिन्डर बिक्री गरेको थियो। जसमध्ये टेकु परिसरबाट मात्रै सबैभन्दा बढी २ हजार २९० सिलिन्डर बिक्री भएको निगमले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |