

काठमाडौं : रसुवामा आएको विनाशकारी बाढीका कारण ठूलो संख्यामा सुरक्षाकर्मी नै बेपत्ता भएका छन्। बाढीका कारण नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ गरी कुल ४१ जना सुरक्षाकर्मी सम्पर्कविहीन बनेका हुन्।
अविरल वर्षापछिको बाढीले जिल्लाका विभिन्न प्रहरी इकाईहरूमा सोझै क्षति पुर्याएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी अबि नारायण काफ्लेका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुबेँसी प्रहरी चौकी, रसुवागढी तथा मैलुङ प्रहरी कार्यालय बाढीको चपेटामा परेका छन्।
उता चीन सीमा नजिकै रहेको सीमा सुरक्षा बल ९बीओपी० टिमुरेमा कार्यरत ९ जना सशस्त्र प्रहरी पनि बाढीपछि सम्पर्कमा आएका छैनन्। सुरक्षा निकायका प्रमुख कार्यालयहरूमै क्षति पुगेकाले उद्धार र सूचना संकलनमा कठिनाइ भइरहेको छ। प्रभावित क्षेत्रमा थप टोली परिचालन गरी बेपत्ताको खोजी तीव्र पारिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |