

काठमाडौँ : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेमध्ये हालसम्म ३५९ जनाको शव भेटिएको छ । नेपाल प्रहरीले बिहीबार साँझ ५ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न जिल्लाहरूबाट ती शव संकलन गरिएको हो ।
बाढीको बहावले बगाएर ल्याएका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा १३२ वटा फेला परेका छन् । यस्तै नवलपरासी पूर्व मा ८२, धादिङमा ३३, गोरखामा ३० र नुवाकोटमा २८ जनाको शव भेटिएको छ । त्यसैगरी तनहुँमा २२, बाढीको उद्गमस्थल मानिएको रसुवामा १७ र नवलपरासी ९पश्चिम० मा १५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
यसैबिच बाढीमा परी घाइते भएका ६३ जनाको काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |