

काठमाडौँ : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले रसुवाको भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढी प्रभावितका लागि ३५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। सोमबार बसेको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।
गाउँपालिका विपद् कोषबाट १५ लाख र जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीको सेवा सुविधा एवं पारिश्रमिकबाट २० लाख रुपैयाँ कट्टा गरी सहयोग उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।
भाद्र १० गते आएको बाढीले पुर्याएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै गाउँपालिकाले चालु आर्थिक वर्षका लागि स्वीकृत तीज लगायतका सबै औपचारिक कार्यक्रम स्थगित गरेको छ। साथै, बेपत्ताहरूको खोजी तथा उद्धार कार्यमा पालिका सक्रिय रूपमा लागिपरेको गाउँपालिकाले जनाएको छ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |