

काठमाडौँ : रसुवाको भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूलाई जीवितै उद्धार गर्न सरकारले सुरुङको माथिल्लो भागबाट खन्ने (ड्रिल गर्ने) तयारी थालेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री सुधन गुरुङले सुरुङभित्र अडकिएकाहरूबारे अझै आशा नमारेको र नयाँ प्रविधि प्रयोग गरेर खोजी अघि बढाइएको बताएका हुन् ।
ूमाथिल्लो भागबाट ड्रिल गरेर केही सम्भावना छ कि भनेर राज्यले प्रयास गरिरहेको छ, गृहमन्त्री गुरुङले भने, उहाँहरू सुरुङभित्रैको पानी खाएर पनि सुरक्षित हुनुहुन्छ कि भन्ने अपेक्षासहित सुरक्षा संयन्त्र परिचालन गरिएको छ।ू
सुरुङको मुख्य ढोकाबाट उद्धार गर्न सम्भव नभएपछि माथिबाट प्वाल पारेर भित्र छिर्ने विकल्पमा सुरक्षाकर्मी र प्राविधिक टोली जुटेका हुन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |