

काठमाडौँ : त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र हराइरहेका कर्मचारी र मजदुरको खोजी तीव्र पार्न प्राविधिक टोलीले मंगलबार रातभरको प्रयासपछि सुरुङको मुखमा अड्किएका ७ वटा ठूला कडा ढुंगा विस्फोट गराएर हटाएको छ।
नेपाली सेना र प्राविधिकको संयुक्त टोलीले रातभर सुरुङभित्र जमेको पानी बाहिर फालेर अवरोधका रूपमा रहेका ती अप्रत्याशित ढुंगा हटाएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले अब ती ढुंगा र लेदो हटाएर सुरुङको ‘लेभल डाउन’ गर्ने काम भइरहेको जानकारी दिए ।
भित्रको लेदो सोहोरेर बाहिर ल्याउन ह्विल लोडर र मिनी एक्साभेटर तयारी अवस्थामा राखिएको छ। सुरुङ मार्गबाट करिब १६० मिटर सफा गर्दै अघि बढेपछि मात्र पावरहाउस पुग्न सकिनेछ, जहाँ हराइरहेकाहरू सुरक्षित रहेको अनुमान गरिएको छ। यद्यपि, हालसम्म उनीहरूको कुनै ठोस संकेत प्राप्त हुन सकेको छैन। उद्धार टोली भने जोखिम मोलेरै भए पनि पावरहाउससम्म पुग्न निरन्तर जुटिरहेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |