

काठमाडौँ : त्रिशूली ३’ ए ‘ जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएकाहरू जीवितै रहेको संकेत मिलेको छ। उद्धार टोलीले प्रयास तीव्र पारिरहेका बेला सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ।
सांसद श्रीराम न्यौपानेका अनुसार उद्धार टोली र भित्र थुनिएका मानिसहरूबीच दोहोरो संवादसमेत भएको छ। सुरुङभित्रबाट एकभन्दा बढी मान्छेको आवाज आएको छ, सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सांसद न्यौपानेले भनेका छन्, ‘उद्धार टोलीले नआत्तिनुहोस्, हामी उद्धार गर्दै छौँ भन्दा भित्रबाट हुन्छ भन्ने प्रतिक्रिया प्राप्त भएको छ।
भित्रबाट जीवितै रहेको आवाज आएसँगै उद्धार टोली र स्थानीयमा आशाको सञ्चार भएको छ। प्राविधिक र सुरक्षाकर्मीको संयुक्त टोलीले जोखिम मोलेरै भए पनि उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। सुरुङभित्र अड्किएकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न उद्धार टोलीले सम्भावित सबै उपाय अपनाइरहेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |