

काठमाडौँ : भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या करिव साढे १३ सय पुगेको छ । नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार बाढीमा परी ज्यान गुमाएका १,३४४ जनाको शव फेला परेको छ भने ४,८९८ जना अझै बेपत्ता छन्।
फेला परेका शवमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन्। अन्य ५०१ वटा शवका आंशिक अङ्ग मात्र भेटिएकाले पहिचान हुन बाँकी छ। बेपत्ता सूचीमा २,९३० नेपाली र ६१८ विदेशी नागरिक छन् भने १,३५० जनाको बेपत्ता विवरण फोनमार्फत प्राप्त भएको हो।
हालसम्म बाढी प्रभावित क्षेत्रबाट ८,६३१ जनाको जीवितै उद्धार गरिएको छ भने विस्थापित ३,६५५ जनालाई होल्डिङ सेन्टरहरूमा राखिएको छ। उद्धारमा खटिएका २५ जना प्रहरी अझै सम्पर्कविहीन छन्।
फेला परेका शवमध्ये १,०३० वटाको व्यवस्थापन भइसकेको छ। पहिचानका लागि १,२६० मृतक र ९७२ आफन्तको डिएनए नमुना सङ्कलन गरिएको छ भने १,२७० जनाको विवरण वेबसाइटमा राखिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |