

काठमाडौं : रसुवामा आएको विनाशकारी बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङभित्र करिब १ सय २१ जना मात्रै फसेको नेपाली सेनाले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा सेनाका सहायक रथी सुवासजङ्ग थापाले उक्त वस्तुस्थिति सार्वजनिक गरेका हुन्।
थापाका अनुसार रसुवागढीमा ५, लाङटाङमा ७, चिलिमेमा ७, अपर त्रिशूली–१ मा करिब ५० र त्रिशूली ३ ए मा करिब ४२ जना गरी १२१ जनाको हाराहारीमा प्राविधिक तथा श्रमिकहरू सुरुङभित्र रहेका छन्। त्रिशूली–३ बी मा हराएका व्यक्तिहरू सुरुङभित्र प्रवेश नगरेको स्पष्ट पार्दै उनले आयोजनाहरूसँग सम्बद्ध ९ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन भए पनि ती सबै सुरुङभित्र नरहेको बताए।
सुरुङको पूर्ण ब्रेकथ्ु नभएसम्म वा सरकारले अन्य निर्णय नगरेसम्म सुरुङभित्र फसेकाहरूको खोजी कार्य निरन्तर जारी रहने सेनाले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |