राष्ट्रिय अभिमुखीकरण तालिम संघ NOTA को तेस्रो वार्षिक साधारण सभा सम्पन्न अध्यक्षमा विष्णु बहादुर कार्की निर्वाचित
२०८३ आश्विन ६, मंगलबार (२ घण्टा अघि)
काठमाडौँ, ६ असोज ।
राष्ट्रिय अभिमुखीकरण तालिम संघको काठमाडौँमा सम्पन्न तेस्रो वार्षिक साधारण सभाले विष्णु बहादुर कार्कीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।नवनिर्वाचित कार्यसमितिको प्रमुख उपाध्यक्षमा जय प्रकाश यादव, वरिष्ठ उपाध्यक्षमा मनोज कुमार चौधरी र उपाध्यक्षमा छत्र बहादुर खड्का निर्वाचित भएका छन् । त्यसैगरी, महा–सचिव पदमा दण्ड बहादुर आले, सचिवमा सुरेन्द्र कुमार झा र कोषाध्यक्षमा खेम कुमारी मल्ल चयन भएका छन् । कार्यसमितिको सदस्यहरूमा मनोज कुमार महतो, सृजना पाण्डे तिमिल्सिना, उमेश कुमार चौधरी, सुस्मिता शाह, रुशान पाण्डे र शान्ति भण्डारी रहेका छन्।साधारण सभाको बन्द सत्रपश्चात निर्वाचन अधिकृत दमन चन्दले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो।कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA) का वर्तमान अध्यक्ष डिक बहादुर खत्री (कुमार), वैदेशिक रोजगार अभिमुखीकरण व्यवसाय महासंघ (FEONA) का पूर्व अध्यक्ष पूर्ण बहादुर मल्ल तथा वर्तमान संयोजक टुनुकाजी पौडेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै स्वागत मन्तव्य राख्नुभएको थियो।सो अवसरमा संघकी संरक्षक सीता देवकोटाले अभिमुखीकरण व्यवसायको उद्देश्य अनुरूप देशव्यापी रूपमा सञ्चालन भइरहेका तालिमका विगत र वर्तमानका चुनौती एवं यसका विविध आयामका विषयमा प्रकाश पार्नुभएको थियो। नयाँ कार्यसमितिका पदाधिकारीहरूले संस्थाको उद्देश्यअनुरूप आगामी दिनमा अभिमुखीकरण तथा तालिमका कार्यक्रमहरूलाई थप परिमार्जित र प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |