काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक नेतृत्वमा उही अनुहार दोहोरिने र सत्ता लिप्साको ‘म्युजिकल चियर’ प्रवृत्तिका कारण जनतामा तीव्र वितृष्णा जागेको बताएका छन्। पार्टीको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले नेताहरूको सत्ताकेन्द्री मानसिकता र अति राजनीतिकरणकै परिणाम स्वरूप भदौ २३ र २४ को घटना घटेको बताए।
पूर्वप्रधानमन्त्री र मन्त्रीहरू पटक पटक सत्तामै दोहोरिने अभ्यासले सबै नेता र दल खराब हु न् न्ने सन्देश गएको उनको भनाइ थियो। दुई तिहाइ बहुमतको सरकार भए पनि जनभावना बुझ्न नसक्दा असन्तुष्टिको भुसको आगो सल्किएको थापाले उल्लेख गरे।
विगतको हार र कमजोरीबाट पाठ सिक्दै कांग्रेसलाई नयाँ ढङ्गबाट अघि बढाउनुपर्नेमा उनले जोड दिए। १५औँ महाधिवेशनलाई केवल नेतृत्व चयनमा सीमित नराखी पार्टीको व्यवहार, नीति र कार्यशैली बदलेर गुमेको जनविश्वास फिर्ता ल्याउने अवसरका रूपमा उपयोग गर्नुपर्ने सभापति थापाले बताए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |