काठमाडौँ : वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित भएका छन्।
अत्यन्त प्रतिस्पर्धात्मक एवं तनावपूर्ण दोस्रो चरणको निर्वाचनमा ८० वर्षीय लुलाले दक्षिणपन्थी उम्मेदवार तथा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा सिनेट रोबर्टो फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन्। सुप्रीम इलेक्टोरल कोर्टका अनुसार ९९.८ प्रतिशतभन्दा बढी मतगणना सकिँदा लुलाले ५१.७६ र फ्लाभियोले ४८.२४ प्रतिशत मत पाएका छन्।
गत अक्टोबर ४ को पहिलो चरणको मतदानमा फ्लाभियोले अग्रता लिएका थिए। सन् १९८८ मा प्रजातन्त्र पुनःस्थापना भएयता पहिलो चरणमा पछि परेका उम्मेदवारले दोस्रो चरणमा चुनाव जितेको यो पहिलो ऐतिहासिक घटना हो।
अर्जेन्टिना, चिली र कोलम्बिया जस्ता छिमेकी मुलुकमा दक्षिणपन्थी लहर चलिरहँदा ब्राजिलमा भने लुलाले जित हासिल गर्दै उक्त प्रभाव रोकेका छन्। यसअघि २००३ देखि २०१० र २०२३ देखि नेतृत्व सम्हालेका लुलासामु यसपटक विभाजित जनमत र संसदको बलियो दक्षिणपन्थी गठबन्धनबीच सरकार चलाउने चुनौती छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |