काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत कानुनको दायराबाट उम्किने सपना नदेख्न चेतावनी दिएका छन्। आफ्नो व्यक्तिगत फेसबुक पेजमार्फत चेतावनीपूर्ण अभिव्यक्ति सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एकदुईजना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै कडा आक्रोश पोखेका छन्।
सोही क्रममा उनका मुख्य सल्लाहकार कुमार बेनले समेत ‘सहि समय भनेको कहिले हो शनिबार आइतबार हो ?’ भन्दै टिप्पणी गरेका छन्। सर्वोच्च अदालतका न्यायाधीश र विचौलियाबीचको संवाद सार्वजनिक भएपछि न्याय क्षेत्रको विकृति अन्त्य गर्न र पत्रकार पक्राउ प्रकरणका दोषीमाथि कडा कारबाही गर्न पार्टीको शनिबारको सचिवालय बैठकले सरकारलाई निर्देशन दिएको थियो।
विवादित न्यायाधीशहरूमाथि महाभियोग र कानुनी परामर्श तीव्र पारिएका बेला आएको प्रधानमन्त्री शाहको यो आक्रामक अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |