राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र र राजतन्त्रको विषयमा जेठ १५ गते रत्नपार्कमा भएको प्रदर्शनलाई जनमत संग्रहजस्तै भएको दाबी गरेका छन्।
राजसंस्थाको पुनःस्थापनाका लागि जारी अनिश्चितकालीन आन्दोलनको दोस्रो दिन बिजुलीबजार पुलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “अब राजासहितको नवीन समझदारीको विकल्प छैन”।
उनका अनुसार, प्रधानमन्त्रीले आह्वान गरेको गणतन्त्र पक्षको प्रदर्शनभन्दा राजसंस्थाको पक्षमा उल्लेखनीय जनसहभागिता देखिएको भन्दै लिङ्देनले जनताको सन्देश स्पष्ट भएको बताए।
प्रधानमन्त्री र दलका नेताहरूलाई लक्षित गर्दै लिङ्देनले भने, “कब्जा गर्छु, नियन्त्रण गर्छु, निस्तेज पार्छु भन्ने भाषा प्रयोग गर्नुको सट्टा वार्ता र सहमति खोज्नुस्” ।
अध्यक्ष लिङ्देनले सरकार र दलहरूलाई राजासहितको सहमतिमा आउन आग्रह गर्दै जनआन्दोलन यथावत् जारी रहने बताएका छन्। उनका अनुसार, यो आन्दोलन केवल विरोध नभई राष्ट्रिय समझदारीको माग हो।