काठमाडौं : पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतमा जारी थुनछेक बहसपछि नेकपा (एस) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग ३५ लाख रुपैयाँ धरौटी माग गरिएको छ।
विशेष अदालतमा सोमबार सम्पन्न बहसपछि अदालतले नेपाललाई ३५ लाख धरौटी बुझाउन आदेश दिएको हो । नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पद दुरुपयोग गरी अनियमित ढंगमा भारतको पतञ्जलि समूहलाई फाइदा पुग्ने गरी सरकारी जग्गा सट्टापट्टा गरेको आरोप लगाउँदै २२ जेठमा मुद्दा दायर गरेको थियो।
यस प्रकरणमा विशेष अदालतको इजलास नम्बर २ मा थुनछेक बहस भएको थियो। अदालतको आदेशपछि अब नेपालले धरौटी बुझाएपछि स्वतन्त्र रहनेछन्।