काठमाडौं : तिब्बती धर्मगुरु दलाई लामाले आफ्नो मृत्युपछि उत्तराधिकारी तोकिने बताएका केही दिनमै चीनले त्यसप्रति तीव्र असहमति जनाउँदै पुनर्जन्म प्रक्रिया आफ्नो अनुमतिमा मात्र मान्य हुने बताएको छ ।
भारतमा निर्वासनमा रहेका दलाई लामाले हालै दिएको एक अभिव्यक्तिमा तिब्बती समुदायमा पुनर्जन्मको परम्परा अनुसार आफू पश्चात उत्तराधिकारी निर्धारण हुने बताएका थिए। यता, चीनको विदेश मन्त्रालयले भने उक्त विषयमा ‘राज्यको संप्रभुताको विषय’ भन्दै चिनियाँ नियम, ऐतिहासिक परम्परा र धार्मिक प्रक्रिया अन्तर्गत मात्र उत्तराधिकारी चयन हुन सक्ने बताएको छ।
बीबीसीका अनुसार चिनियाँ प्रवक्ताले दलाई लामाको उत्तराधिकारी चयन ुसुनौलो कलसुबाट चिठ्ठा निकालेर गर्नुपर्ने प्रणालीको वकालत गरेका छन्। यो पद्धति चीनले १७ औँ शताब्दीदेखि अभ्यास गर्दै आएको बताइन्छ। यो विषयले चीन-तिब्बत सम्बन्ध मात्रै होइन, भारतमा निर्वासित तिब्बती समाजको भविष्य र बौद्ध धर्मको परम्परामा गहिरो असर पार्न सक्ने अनुमान गरिएको छ।