


धुलिखेल : खावा चार किलोमिटर सडकखण्ड स्तरोन्नतिका लागि नयाँ ठेक्का आह्वान गरिएको छ।
सडक डिभिजन कार्यालय भक्तपुरले पुरानो ठेक्का रद्द गरी बिहीबार १४ महिनामा काम सक्ने गरी नयाँ बोलपत्र प्रकाशित गरेको छ। सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले नेपाल सरकारले ४२ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको जानकारी दिए ।
नयाँ ठेक्कामा मनसुन सुरु हुनुअघि कालेपत्रे गर्ने योजना रहेको छ। सडकमा स्लोप प्रोटेक्सन वाललगायत पहिरो रोकथामका उपायहरू समावेश गरिएको छ। पुरानो ठेक्का रद्द भएपछि निर्माण व्यवसायीले उच्च अदालतमा मुद्दा हाले पनि खारेज भएपछि नयाँ ठेक्का प्रक्रिया अघि बढेको हो।
धुलिखेल-खावा सडक चीनसँगको सीमा कोदारी जाने प्रमुख मार्ग भएकाले यसको स्तरोन्नति प्राथमिकता छ। निर्माण ढिलाइले सीमा व्यापार र स्थानीय बासिन्दाको यात्रा प्रभावित हुँदै आएको छ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |