काठमाडौं : नेपाल सरकार र इजरायल सरकारबीच भएको द्विपक्षीय समझदारी अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा काम गर्न छनोट भएका ७ जना नेपाली कामदारलाई वैदेशिक रोजगार विभागले करार सम्झौताका लागि बोलाएको छ ।
विभागले प्रकाशित गरेको सूचना अनुसार, सम्बन्धित रोजगारदाताबाट करार सम्झौतापत्रमा हस्ताक्षर भई विभागमा प्राप्त भइसकेको छ ।
उक्त सम्झौतामा हस्ताक्षर गर्न र भिसा प्रक्रियाका लागि इजरायली दूतावासमा पठाउने प्रयोजनका लागि साउन २९ गते बिहीबार बिहान साढे १० बजे वैदेशिक रोजगार विभाग, ताहाचलमा उपस्थित हुन भनिएको छ ।
हेर्नुहोस सूचना