काठमाडौं : राजसंस्थाको माग गर्दै जारी आन्दोलनका क्रममा आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कडा आपत्ति जनाएका छन्।
नारायणचौरबाट सुरु भएको राजावादी प्रदर्शन बालुवाटारतर्फ अघि बढ्न खोज्दा प्रहरीले निषेधित क्षेत्र उल्लङ्घन गरेको आरोपमा थापासहित केही नेताहरूलाई नियन्त्रणमा लिएको थियो। कमल थापालाई तत्काल रिहा नगरिए सोमबारदेखि आन्दोलन झनै सशक्त बनाइने लिङदेनको भनाई छ । थापाको गिरफ्तारीपछि राजावादीहरू नक्सालस्थित प्रहरी प्रधान कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका छन्।
राप्रपाका नेता जनकराज पाठकका अनुसार, ूवर्तमान व्यवस्था विरोधी आन्दोलनको कार्यक्रम अनुसार आजको प्रदर्शन नक्सालमा तय गरिएको हो। राप्रपा नेतृत्वमा राजावादीहरूले बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्। उनीहरूको मुख्य मागहरूमा राजसंस्था पुनःस्थापना, हिन्दु राष्ट्र घोषणा, र गणतन्त्रको पुनर्विचार रहेका छन्।
सरकारले बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिसकेको भए पनि प्रदर्शनकारीहरूले सो क्षेत्रतर्फ जबर्जस्ती अघि बढ्न खोज्दा स्थिति तनावग्रस्त बनेको थियो।