


काठमाडौँ : गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक मंगलवार पनि बस्ने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजे बैठक सुरु हुने बैठकमा खाना पकाउने ग्यास, रासायनिक मल, कृषि उपजको बजार र मूल्यवृद्धिसहितका जनजीविकाका लगायतका विषयमा छलफल हुने भएको हो ।
सभापति थापाको सभापतित्वमा आइतबार सुरु भएको बैठकमा समसामयिक राजनीतिक, आर्थिक एवं जनसरोकारका विषयमा छलफल भइरहेको छ। सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए।
बैठकमा कालोबजारी नियन्त्रण र ऊर्जा नीतिजस्ता महत्त्वपूर्ण विषयमा समेत छलफल चलिरहेको पार्टीले जनाएको छ। केन्द्रीय सदस्यहरूले बोल्ने क्रम बाँकी रहेकाले आज पनि छलफललाई नै निरन्तरता दिइने भएको हो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |