


काठमाडौँ : खाडी तथा पश्चिम एसियाका १२ देशमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पुनः खुला गरिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि स्थगन गरिएका साउदी अरब, यूएई, कतारलगायत गन्तव्य मुलुक पुनः सञ्चालनमा ल्याएको हो। इजरायल–अमेरिका र इरानबीचको द्वन्द्वका कारण फागुन १७ गते स्वीकृति रोकिने निर्णय गरिएको थियो। परराष्ट्र मन्त्रालयअन्तर्गतको आपत्कालीन प्रतिकार्य कार्यदलको सिफारिसपछि सरकारले पूर्ववत् रूपमा व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरण प्रक्रियासमेत खुला गरेको जनाएको छ।
इराकको हकमा भने अघिल्लो मन्त्रिपरिषद् निर्णयअनुसार नै प्रक्रिया लागू हुने बताइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |