• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ जेष्ठ २९, शुक्रबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

१ घण्टा अघि
२

राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

२ दिन अघि
३

र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

२ दिन अघि
४

मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

२ दिन अघि
५

सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

४ दिन अघि
६

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

४ दिन अघि
७

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

४ दिन अघि
८

मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) “त्रिपक्षीय रोचक प्रतिस्पर्धा: संघको नेतृत्व अब कसको हातमा?”

५ दिन अघि
९

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

१ हफ्ता अघि
१०

सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

१ हफ्ता अघि
११

सुधन गुरुङबारे छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो, पुनर्बहालीको चर्चा

१ हफ्ता अघि
१२

हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आगलागी

१ हफ्ता अघि
होमपेज /  बिचार
  • २७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • भंसार र द्वन्द्व व्यवस्थापन : ।

  • २०८२ पौष २०, आईतबार (५ महिना अघि)

  • केशवप्रसाद चौलागाईं

    अन्तर्राष्ट्रिय भंसार दिवस प्रत्येक वर्ष जनवरी २६ मा मनाउने क्रममा नेपालमा पनि भंसार विभागको सक्रियतामा मनाइने गरिन्छ। Customs Protecting Society Through Vigilance and Commitment नारा विश्व भंसार संगठनले तय गरी विश्वभरि मनाइने भंसार दिवसको परिप्रेक्ष्यमा नेपालमा जेन्जी आन्दोलनका क्रममा भंसार कार्यालयहरू जलेर सम्पूर्ण नष्ट भएको प्रसंग पनि स्मरण गरिनुपर्ने तथ्य हो। सम्पूर्ण राजस्वको करिब ५०% राजस्व संकलन गर्ने भंसार प्रशासनले आफ्नो महत्त्व समाजमा दर्शाउन नसक्नुका साथै परिस्थितिको विश्लेषण गर्न नसक्नुका विभिन्न कारणहरू देखिन्छन्।

    नेकपा माओवादी १० वर्षे युद्धको प्रभाव अझै समाजमा रहनु।

    सम्भावित ६ प्रकारको हिंसाको सम्भावना रहेको लेख्दै, बोल्दै आउँदा पनि भंसार प्रशासनले गम्भीरतापूर्वक नलिनु।

    भंसारसँग सरोकार राख्ने स्थानीय जनसमुदाय, व्यवसायी, भंसार एजेन्टहरूसँग समन्वय, सहकार्यको अभ्यास नहुनु।

    भंसार विभागको सूचना प्रणालीको अभावमा सकारात्मक पक्षहरू समाजमा पुग्न नसक्नु।

    राजनीतिक अस्थिरता र दिगो प्रशासनको अभाव हुनु प्रमुख रहेका छन्।

    विगतको माओवादी द्वन्द्व, मधेस आन्दोलन तथा कोभिड–१९ महामारीमा समेत सीमा सुरक्षा, भंसार नाका सुचारु राख्दै मालसामानको कमी हुन नदिनु महत्त्वपूर्ण उपलब्धि भएतापनि समाजसँग संवादको अभावमा सकारात्मक प्रभाव बनाउन पूर्णतः असफल देखिन्छ। भंसार र भंसारका कर्मचारीहरूप्रति समाजले हेर्ने दृष्टिकोण नकारात्मक रहेकोलाई हृदयंगम गर्दै सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थापन गर्न नसक्नु विचारणीय कुरा हो। दक्षिणतर्फ रहेको खुला सीमाना र विभिन्न सम्भावित द्वन्द्वका कारण राजस्व संकलन, सीमा सुरक्षा र अन्य दायित्व निर्वाह गर्नु सदैव चुनौतीका रूपमा रहेको छ। उत्तरी सीमाबाट हुन सक्ने चुनौती र त्रिभुवन भंसार क्षेत्रको सुरक्षा चुनौती पनि सामान्य छैनन्।

    वर्तमान विश्व परिस्थितिमा चीन–अमेरिका प्रतिस्पर्धा, भारत–चीन प्रतिस्पर्धा, भारत–चीन–अमेरिकी ट्यारिफ युद्धले सिर्जना गरेको चुनौती सामान्य छैनन्। बंगलादेशमा भएको राजनीतिक परिवर्तन र पूर्वी सीमा पारि रहेको सिलिगुडी करिडोर (चिकेन नेक) को सुरक्षा चुनौतीका कारण भारतीय सुरक्षा तयारी पनि उच्चस्तरमा रहेको सुनिन्छ। सीमा नजिकै सुरक्षा चुनौतीलाई बुझ्ने र व्यवस्थापन गर्ने काममा अबका दिनमा भंसार प्रशासनले पनि आफ्नै संयन्त्रमार्फत अनुसन्धान गर्नुपर्ने कुरा जेन्जी आन्दोलनको पूर्वानुमान गर्न नसक्नुले पनि स्पष्ट पारेको छ।

    तसर्थ अबको भंसार प्रशासन द्वन्द्व व्यवस्थापनको मापदण्ड अनुरूप हुनुपर्दछ भन्ने आफ्नो विश्लेषण रहेको छ। रक्षात्मकभन्दा पनि प्रोएक्टिभ भएर भंसार प्रशासनले भावी दिनमा राष्ट्रिय हितको रक्षाका लागि काम गर्न सक्नुपर्दछ भन्ने कुरा अन्तर्राष्ट्रिय भंसार दिवसको नाराले पनि प्रेरित गर्दछ। भंसार प्रशासनले अबका दिनमा निम्न कार्यक्रमका आधारमा अघि बढ्नुपर्छ।

    “Customs Initiatives For Revenue Collection and Reconciliation.”
    (राजस्व संकलन र द्वन्द्व व्यवस्थापनको सटीक कार्यक्रम ।)

    भूमिका : ।

    नेपाली अर्थतन्त्रको करिब ५०% राजस्व संकलन भंसारबाट प्राप्त हुने हुँदा भंसार प्रशासनको भूमिका महत्त्वपूर्ण रहेको स्पष्ट हुन्छ। चुनौतीका हिसाबले दक्षिणतर्फका खुला सीमाका कारण चोरी पैठारी, मानव तस्करी, आतंकवाद लगायतका धेरै व्यवधानहरूसँग पनि जुझ्दै राजस्व संकलन गर्नुपर्दछ। विगतमा दस वर्षे माओवादी सशस्त्र आन्दोलन, मधेस आन्दोलन र विद्रोही सशस्त्र समूहहरूको धाकधम्की समेत व्यहोर्नुका साथै सीमा नाकाबन्दीजस्तो अवस्था पनि आइपरेको थियो।

    बौद्धिक तथा राजनीतिक क्षेत्रबाट मधेसका भंसार नाकाबाट उठेको राजस्वको बाँडफाँड गर्दा मधेसले बढी पाउनुपर्छ भन्ने जस्ता तर्क–वितर्कले पनि असहज परिस्थितिको निर्माण गर्ने गर्दछ। भविष्यमा सम्भावित ६ प्रकारको द्वन्द्वलाई समेत मध्यनजर गर्दै राजस्व संकलन र द्वन्द्व व्यवस्थापनमा भंसारले पुर्‍याउन सक्ने सहयोग महत्त्वपूर्ण रहेकाले समयमै समुचित ध्यान दिँदा सकारात्मक परिणाम प्राप्त हुनेछ।

    कार्यक्रम र विधिहरू : ।

    क) भंसार प्रशासन, उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, द्विराष्ट्रिय चेम्बर अफ कमर्स, अनरेरी काउन्सिलर, भंसार एजेन्ट महासंघ, प्रदेश सरकार, स्थानीय सरकार, थिंक ट्यांक संस्था सहितको सहभागितामा अन्तर्क्रिया तथा गोष्ठीको आयोजनाले विषयलाई स्पष्ट पार्नेछ। प्रतिकूल अवस्थामा पनि राजस्व संकलन सहज ढङ्गले गर्न सक्ने वातावरण यस्तो सामूहिक सहभागितामा आयोजना गरेको गोष्ठी, अन्तर्क्रियाले निर्माण गर्दछ।

    आम जनतामा पनि सकारात्मक दृष्टिकोण निर्माण हुन गई सामाजिक मान्यता पाउनेछ। भंसार र भंसारका कर्मचारीहरूप्रति सूचनाको कमीका कारण बनेको नकारात्मक भाष्य हट्न जानेछ। आर्थिक कूटनीतिमा पनि सकारात्मक योगदान दिन सक्ने वातावरण बन्ने हुँदा अभियानको रूपमा व्यापकता पाउनेछ। राष्ट्रिय स्तरका व्यापार मेला, अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता र परिणामको लेखाजोखा गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन छलफल, बहस र अनुसन्धानको थालनी हुनेछ।

    एकीकृत प्रयासको आवश्यकता स्पष्ट हुनाका साथै सकारात्मक परिणामका लागि आधारहरू अभ्यासमा ल्याउन सहज बन्नेछ। दक्षिण भारतीय सीमासँग जोडिएका प्रदेशहरूमा शैक्षिक, औद्योगिक, पर्यटन गतिविधिहरूमा वृद्धि हुन गई आर्थिक लाभ हुनेछ। सौम्य शक्तिको उचित उपयोगमार्फत नेपाली गौरव र श्रेष्ठता हासिल गर्न निम्न प्रयासहरूको पनि समुचित लाभ क्षेत्रीय सुरक्षा र समृद्धिका लागि महत्त्वपूर्ण बन्नेछ।

    “द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा आध्यात्मिक क्षेत्रको भूमिका” अनुसन्धानका आधारमा सिक्किम विश्वविद्यालयसँग सहकार्य हुन गई साझा अभियान बन्नेछ। उत्तरपूर्वी भारत मणिपुर लगायतका स्थानमा भइरहेको द्वन्द्व समाधानमा सहयोग पुग्न गई नेपालीहरूको सम्मान बढ्नेछ। नेपाल–भारत सम्बन्ध सौहार्दपूर्ण बन्न गई समृद्धिमा सहयोग पुग्नेछ। द्वन्द्व व्यवस्थापनमा साझा अभियानको थालनी हुनेछ।

    स्वराज्य र मेलमिलाप : । बिहार प्रान्त, चम्पारण जिल्ला, मोतिहारीमा सञ्चालनमा रहेको “गान्धी विश्वविद्यालय”सँग स्वराज्य र मेलमिलाप साझा सिद्धान्तको रूपमा स्थापित गराउँदै भारतीय सहयोग प्राप्त गर्न सहज बन्नेछ। मौलिक वैदिक स्वराज्य गान्धी विश्वविद्यालयका लागि पनि नवीन अवधारणा बन्नेछ। “स्वराज्य भागवत”, “स्वराज्य पूजन तथा यात्रा” जस्ता मौलिक अभ्यासका कारण नेपाली ज्ञान र आस्थाले महत्त्व पाउनेछ।

    गौंडा जिल्ला स्थित स्वामिनारायणको जन्मस्थल तथा सिद्ध देवीपीठको सम्बन्ध हिमालय र दाङको चन्दननाथसँग रहेकोले “आर्यावर्त” को अवधारणाले नेपाली प्रभाव स्थापित हुनेछ। नेपालप्रति सधैँ श्रद्धा जागेर आउनेछ।

    पशुपतिनाथ र विश्व व्यवस्था : । नेपाल दार्चुला स्थित मल्लिकार्जुन मन्दिर तथा उत्तराखण्ड स्थित सम्पूर्ण तीर्थस्थलका बीच सम्बन्ध बढाउँदै नयाँ विश्व व्यवस्थाको आधार बनाउन सहयोग पुग्नेछ।

    एवं प्रकार नेपालको दक्षिणी सीमा स्थित भंसार कार्यालयलाई केन्द्रित गरी कार्यक्रम गर्दै भारतीय जनता र सरकारलाई पनि प्रभावित पार्न सकिने कार्यक्रमले द्वन्द्व व्यवस्थापन र आर्थिक समृद्धिमा ऐतिहासिक योगदान पुग्नेछ। स्वतन्त्र, निष्पक्ष, विश्वसनीय संस्था र व्यक्तिका कारण दुई देशबीचको कार्यक्रम बनाउन सकिने हुँदा सुखद परिणामका लागि प्रयास गरौँ।

    लेखक अध्यक्ष : सेन्टर फर डायलग, डाइनामिज्म एण्ड डेभलपमेन्ट, काठमाडौं
    कार्यसमिति सदस्य : नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी, काठमाडौं

    • #भंसार र द्वन्द्व व्यवस्थापन : ।
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बिचार सम्बन्धि थप

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

    ताजा समाचार
    १

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    २

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    ३

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    ४

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    ५

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    ६

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

    ७

    प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

    ८

    मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) “त्रिपक्षीय रोचक प्रतिस्पर्धा: संघको नेतृत्व अब कसको हातमा?”

    ९

    मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

    १०

    सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

    समाचार
    थप

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution