

काठमाडौँ ः रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २ सय ९० पुगेको छ। हालसम्म ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष गरी ७५६ जनाको शव पहिचान भइसकेको छ भने ५३२ जनाको आंशिक अङ्ग र २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
मृतकहरूको पहिचानका लागि प्रहरीले हालसम्म १ हजार १४३ जना मृतक र ७१९ जना आफन्तको डीएनए नमुना संकलन गरिसकेको छ।
बाढीमा परि स्वदेशी तथा विदेशी गरी अझै ४ हजार ७९८ जना बेपत्ता छन् । बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहे पनि प्रतिकूल मौसम र विषम भूगोलका कारण उद्धार टोलीलाई कठिनाइ भइरहेको छ। प्रभावित क्षेत्रमा बेपत्ताका आफन्तहरू अझै आफ्ना मान्छेको पर्खाइमा छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |