काठमाडौं : मनसुन भित्रिएसँगै कोशी प्रदेशका केही स्थानमा अत्यधिक वर्षा भएको छ। पछिल्लो ६ घण्टामा सुनसरीमा १३१ मिलिमिटर र झापामा १०४ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी प्रदेशसँगै मधेश, बागमती र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा जारी छ। दिउँसो पनि देशका धेरै भागमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको बताइएको छ।
यस वर्ष मनसुन सामान्यभन्दा दुई हप्ता अघि, विगत बिहीबार रातिदेखि कोशी प्रदेशबाट प्रवेश गरेको हो। हाल कोशी प्रदेशभर मनसुनी प्रभाव फैलिइसकेको छ भने अन्य प्रदेशतर्फ विस्तार हुँदै गएको मौसम महाशाखाको भनाइ छ।
यसअघि मौसमविद्हरूले यो वर्षको मनसुन अवधिमा अघिल्ला वर्षको तुलनामा बढी वर्षा हुने अनुमान सार्वजनिक गरिसकेका छन्।