


काठमाडौं : नेपाली बजारमा सुनको मूल्य सोमबार एकै दिन तोलामा ५ हजार रुपैयाँले बढेको छ। छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १२० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |