काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बादल लाग्नेछ भने केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार अन्य हिमाली तथा पहाडी क्षेत्रमा पनि आंशिक बदली रहनेछ। मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा समेत आंशिक बादल लाग्ने अनुमान छ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
विशेषगरी कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक(दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई, उपत्यका र नदीखोँचमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |