


काठमाडौं : अन्तर्राष्ट्रिय बजारको असरले पछिल्ला दिनमा निरन्तर उकालो लागेको सुनचाँदीको मूल्यले बुधबार पनि नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिनको उच्च मूल्य तोड्दै सुन र चाँदी दुवैको भाउ फेरि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ । एकैदिन प्रतितोला ३१५ रुपैयाँले वृद्धि भई चाँदी ५ हजार ६५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको भाउ ५ हजार ३४० रुपैयाँ थियो ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |