


काठमाडौँ : अविरल वर्षापछि खसेका पहिरोले बीपी राजमार्ग र कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएका छन्।
काभ्रेको रोशी गाउँपालिका-७, ८ र ९ मा पहिरो खस्नुका साथै रोशी खोलामा पानीको बहाव बढेपछि बीपी राजमार्गमा सवारी आवागमन रोकिएको छ। प्रहरीले काभ्रे हुँदै सिन्धुलीतर्फ जाने सवारीसाधनलाई होल्ड गरेको जनाएको छ। ललितपुरको बागमती गाउँपालिका–३ पाङदुरमा पहिरो खस्दा कान्तिलोकपथअन्तर्गत चापागाउँ-हेटौंडा सडक पनि बन्द भएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरो र सडक भासिँदा अरनिको राजमार्गमा समेत आवागमन प्रभावित भएको छ। धादिङको पृथ्वी राजमार्गमा भने पहिरो हटाइएपछि दुईतर्फी सवारी सञ्चालनमा आएको छ। नारायणगढ–मुग्लिन र मुग्लिन–काठमाडौं सडकखण्ड सञ्चालनमै रहेको प्रहरीले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |