


काठमाडौँ : इरानका राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिकासँगको सैन्य तनावबीच इजरायल र अमेरिकाले पर्सियाली खाडीका राष्ट्रलाई तेहरानविरुद्ध उभ्याउन खोजेको आरोप लगाएका छन्। इरानी राज्य टेलिभिजनसँगको अन्तर्वार्तामा उनले पश्चिम एसियामा जारी द्वन्द्वका क्रममा दुवै मुलुकले इरानका ‘आन्तरिक चुनौती’ को फाइदा उठाउन खोजिरहेको जिकिर गरेका हुन् ।
अमेरिका र इजरायलसँग इरानको सैन्य द्वन्द्व जारी रहँदा हर्मुज जलडमरूमध्य हुँदै व्यावसायिक समुद्री यातायात पुनः सञ्चालन गर्नु प्रमुख विवादको विषय बनेको छ।
पेजेस्कियानले छिमेकी खाडी राष्ट्रप्रति सद्भाव व्यक्त गर्दै इस्लामी एकतामा जोड दिएका छन्। उनले खाडी क्षेत्रको वर्तमान अवस्थालाई अमेरिका र चीनबीचको जटिल भूराजनीतिक सम्बन्धसँग तुलना गर्दै राष्ट्रिय अस्तित्वका लागि रणनीतिक प्राथमिकता स्पष्ट हुनुपर्ने बताएका छन्।
आफ्नो राष्ट्रिय हितमा ध्यान केन्द्रित गर्दै कहिले ‘आफ्नो काममा ध्यान दिनुपर्ने’ भन्ने कुरा बुझ्नुपर्ने उनको भनाइ छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |