काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदको उम्मेदवारी फिर्ता लिने भएका छन्। सभापति गगन थापासँगको भेटवार्तापछि उनले उपसभापतिको दौडबाट पछि हट्ने सहमति भएको जनाएका हुन्।
सभापति थापाले डा. रिजाललाई भेटेरै उपसभापतिमा उम्मेदवारी नदिन आग्रह गरेका थिए। महाधिवेशन सम्पन्न भएपछि पार्टीभित्र उपयुक्त र सम्मानजनक पदमा व्यवस्थापन गर्ने आश्वासन थापाले दिएपछि रिजाल फिर्ता हुन सहमत भएका हुन्।
सभापति थापाले सार्वजनिक मञ्चका साथै व्यक्तिगत छलफलमा समेत उम्मेदवारी फिर्ताका लागि अनुरोध गरेका थिए। रिजालले थापासँगको भेट र उम्मेदवारी फिर्तासम्बन्धी कुराकानीको भिडियो आफ्नै आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिकसमेत गरेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |