गोरखा : गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङमा पहिरो खसेर थुनिएको बुढीगण्डकी नदी फुटेर आएको भीषण बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
बाढीले चुमनुब्री–३ न्याकचेत र सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुलका साथै धार्चे-५ मा माछिखोला–केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ। यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको प्रहरीले जनाएको छ।
बाढी बस्तीमा पस्दा चुमनुब्री–३ सिर्दिबासका रामबहादुर गुरुङको कच्ची घर बगाएको छ भने धार्चे-५ माछिखोलास्थित तल्लो बस्तीका ७ घर र ७ टहरामा क्षति पुगेको छ। बाढीका कारण धार्चे–३ सल्लेरीका २२ घरपरिवार उच्च जोखिममा परेका छन्। नदी तटीय क्षेत्रमा कटान र जोखिम अझै जारी रहेकाले स्थानीयवासी त्रसित बनेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |