

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूसँग विगत ३५ वर्षको हिसाबकिताब नखोज्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई कडा निर्देशन दिएका छन्।
आइतबार आयोजित ‘नीति, संगठन र नेतृत्व’ सम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै सभापति लामिछानेले अतीतको आलोचनामा अलमलिनुभन्दा आगामी ३५ वर्षका लागि स्पष्ट र दीर्घकालीन कार्ययोजना निर्माणमा केन्द्रित हुन आग्रह गरेका हुन्।
‘हिजोका दिनमा अन्य नेता र दलहरूलाई दोष देखाएर आफूलाई अग्लो देखाउने छुट हामीलाई थियो। तर अब हामीसँग कसैलाई दोष दिने ठाउँ छैन,’ लामिछानेले भने, ‘विगत ३५ वर्षमा पुराना दलहरूले जे(जति गरे, त्यसका लागि धन्यवाद दिऔँ। अब बितेको समयलाई लिएर कचकच गर्ने होइन, आगामी ३५ वर्षमा देशलाई कस्तो बनाउने भन्ने जिम्मेवारी हाम्रै हातमा छ।’
सभापति लामिछानेले विगतका असफलता र कमजोरीहरू दोहोर्याएर आलोचना गरिरहनुको साटो नयाँ पुस्ता र देशको भविष्यका लागि ठोस नीति तथा मार्गचित्र ल्याउनुपर्नेमा विशेष जोड दिएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |