काठमाडौँ : नागरिकता विवाद र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय विचाराधीन रहेका बेला लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनि छोइङ डोल्मालाई गरिएको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको छ।
सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ बमोजिम आवश्यक योग्यता नपुगेको तथा प्रक्रिया मिचिएको दाबीसहित राष्ट्रिय जेनजी नागरिक अभियानले रिट दायर गरेको हो। अभियानका तर्फबाट सुनील सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले निवेदन दिएका हुन्।
सरकारको ध्यानाकर्षण र खबरदारी गर्दा पनि सुनुवाइ नभएपछि नियुक्तिको कानुनी वैधता परीक्षण तथा विधिको शासन सुनिश्चित गर्न अदालत पुग्नुपरेको अभियानले जनाएको छ। मन्त्रिपरिषद्ले गत असोज ३० गते डोल्मालाई उपाध्यक्ष नियुक्त गरेको थियो भने उनले मंसिर २ गते पदबहाली गरिसकेकी छन्। आज हुने सुनुवाइलाई चासोका साथ हेरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |