जनकपुर : भारतको अयोध्याबाट करिब एक हजार यात्रु बोकेको ‘सरयू-कमला एक्सप्रेस’ रेल जनकपुर आइपुगेको छ ।
नेपाल र भारतका प्रधानमन्त्रीले नयाँदिल्लीस्थित हैदराबाद भवनमा आयोजित संयुक्त पत्रकार सम्मेलनबाट हरियो झण्डा देखाई उद्घाटन गरेसँगै उक्त रेल जनकपुर आएको हो ।
जनकपुर रेल्वे स्टेसनमा आइपुगेका यात्रुहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले भव्य स्वागत गरेका छन् ।
अयोध्या र जनकपुरधामलाई सीधा रेल सञ्जालले जोडेसँगै दुवै देशबीचको धार्मिक पर्यटन तथा सांस्कृतिक सम्बन्धमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |