काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर राय पक्राउ परेका छन्।
सल्यान स्थायी घर भएका ६५ वर्षीय रायलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (आईबी) ले शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो।
रायमाथि बैंकको अध्यक्ष तथा सीईओ रहेका बेला २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरी फरार भएको आरोप छ।
नेपाल राष्ट्र बैंकको समन्वयमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत रायविरुद्ध अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।