केशव चौलागाई
कलौ चण्डी विनायकौं
ॐ नमो देव्यै महादेव्यै शिवायै सततं नम: ।
नमः प्रकृत्यै भद्रायै नियता: प्रणता: स्म ताम्
भगवतीको स्तुति र साधना मनोकांक्षा पूरा गर्ने देखि मोक्ष प्राप्तिका लागि समेत महत्त्वपूर्ण रहेको छ।भगवान गणेशको पनि सिद्ध साधना सबै खाले मनोकामना पुर्ति गर्दै मोक्ष सम्म प्राप्त गर्न महत्त्वपूर्ण रहेको छ।
ॐनमस्ते गणपतये। त्वमेव प्रत्यक्षं तत्वमसि।त्वमेय केवलं कर्तासि।त्वमेव केवलं धर्तासि।त्वमेव केवलं हर्तासि।त्वमेव सर्वं खल्विदं ब्रह्मासि।तब साक्षादात्मसि नित्यम् भन्दै भगवान गणेशको साधना गर्नाले सबै चिताएको कुरा प्राप्त हुने शास्त्रले बताएको छ।देवीअथर्वशिर्ष तथा गणेशअथर्वशिर्षको साधना गर्ने उपयुक्त स्थल पशुपतिक्षेत्र भएकोले त्यहाका देवी तथा गणेश स्थलहरुको महत्त्व बढेर गएको छ।
सप्तमातृका,मायादेवी ,वनकाली,बज्रेश्वरी,मङ्गलागौरी,यमुना ,लक्ष्मी,अन्नपुर्ण,दुर्गा,बालकुमारी ,शीतला,वत्स्यलेश्वरी,गुहेश्वरी,कार्तिकेयदेवी यश क्षेत्र का पूजनिय देवीहरु हुन।वनकाली स्थित गणेश,चावहिल चन्द्रविनायक,पशुपतिनाथ मन्दिर भित्र पूर्वपट्टिको लाल गणेश,गौरिघाट,आर्यघाट पारिका गणेश मन्दिर लगायतका प्रमुख गणेश मुर्तिहरु सिद्धिदायक रहेका छन।
ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे सिद्ध नवारण मन्त्रको साधना वनकालीमा तथा गणेश गायत्री वन गणेशमा पूर्ण गर्नाले सम्पुर्ण इच्छा पूर्ण हुनेछ ।चण्डी र गणेश कलियुगका सिद्धिदायक हुन।चण्डी र गणेश साधनामा सहभागी भइ पूण्यलाभ गरौ।आफ्नो कुल र समुदायको गौरव बढाउन अघि बढौ।
द्वन्द्व रुपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्र को भूमिका अनुरुप सम्भावित द्वन्द्व हरुबाट मुलुक लाई निकास दिन दैवी बल प्राप्त हुनेछ ।सिद्ध साधना र वौद्विक छलफलका आधारमा द्वन्द्व व्यवस्थापन र विश्वशान्तिमा योगदान गरौ।
चौलागाइ स्वराज्य मेलमिलाप अभियन्ता तथा लेखक समेत हुन