


काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक शक्ति सन्तुलन फेरिएको छ । पार्टी नेतृत्वले उर्जा मन्त्री कुलमान घिसिङलाई उपसभापति बनाउने सहमतिमा पुगेसँगै शक्ति सन्तुलन फेरिएको हो । सहमतिअनुसार घिसिङ सभापति रवि लामिछानेपछि दोस्रो वरियतामा रहनेछन्।
यसअघि नै रवि लामिछाने सभापति र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई प्रधानमन्त्री बनाउने सहमति भइसकेको बताइँदै आएको छ। त्रिपक्षीय समझदारीमा बालेनलाई तेस्रो वरियतामा राखिने सहमति भएको हो। यससँगै हालका उपसभापति डीपी अर्याल चौथो र डा. स्वर्णिम वाग्लेको वरीयता पाँचौँमा झरेको छ ।
सोमबार रवि लामिछाने र कुलमान घिसिङबीच भएको भेटवार्तामा दुवै एउटै दलबाट निर्वाचनमा जाने र समानुपातिक तर्फको बन्द सूची संयुक्त रूपमा बुझाउने सहमति भएको बताइएको छ। द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङका अनुसार उक्त भेटपछि रास्वपा र घिसिङ एउटै दलबाट चुनावी प्रतिस्पर्धामा उत्रिने निष्कर्षमा पुगेका हुन्। सहमतिसँगै पार्टीको नाम र चुनाव चिह्न ‘घण्टी’ भने यथावत् रहने बताइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |