


काठमाडौँ : कौशिक गोत्रीय रेग्मी बन्धु समाजको विधान समितिले विधान तयार गरी समाजका केन्द्रीय अध्यक्ष नीलप्रसाद रेग्मीलाई हस्तान्तरण गरेको छ।
नयाँ बानेश्वरस्थित थापागाउँमा आयोजित कार्यक्रममा विधान समितिका अध्यक्ष लेखनाथ रेग्मी र सह-अध्यक्ष रामशरण रेग्मीले सामूहिक प्रतिबद्धतासहित तयार पारिएको विधान समाजका केन्द्रीय अध्यक्ष रेग्मीलाई हस्तान्तरण गरेका हुन्। विधान समितिले आफ्नो जिम्मेवारी पूरा गर्दै समाजको संस्थागत संरचना, उद्देश्य, सदस्यता, कार्यसमिति तथा सञ्चालन प्रक्रियालगायतका विषय समेटेर ३५ दफाको विधान तयार पारेको जनाएको छ।
विधान हस्तान्तरण कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समाजलाई थप व्यवस्थित र एकताबद्ध बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ। रेग्मी बन्धु समाज काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने तयारी छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |