

काठमाडौँ : त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको सकुशल उद्धार गरिएको छ। नेपाली सेना सहितको उद्धार टोलीले कडा परिश्रमपछि सञ्जय साहलाई जीवितै बाहिर निकाल्न सफल भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेका अनुसार साहको उद्धारपश्चात् सुरुङभित्र अझै अन्य मानिसहरू अड्किएको जानकारी प्राप्त भएको छ। जीवितै उद्धार गरिएका साहले भित्र अरू पनि रहेको बताएपछि उद्धार टोलीले सुरुङभित्र खोजी र उद्धार कार्यलाई थप तीव्र बनाएको छ।
सुरुङभित्रबाट लगातार मानिसहरूको आवाज आइरहेकाले बाँकी रहेकाहरूलाई पनि छिट्टै सुरक्षित रूपमा बाहिर निकालिने आशा पलाएको छ। अहिले प्राविधिक तथा सुरक्षाकर्मीको संयुक्त टोलीले जोखिम मोलेरै भए पनि बाँकीको उद्धारका लागि प्रयास जारी राखेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |