


नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्किँदा दुई जना कामदारको ज्यान गएको छ।
भैयापुरस्थित ‘न्यू किसान इँटाभट्टा’को घर निर्माणका क्रममा पर्खाल भत्किँदा गम्भीर घाइते भएका नेपालगन्ज–१७ का ४५ वर्षीय रामफेरन कोरीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो।
यसअघि दुर्घटनालगत्तै घटनास्थलमै भैयापुर-१९ का ५२ वर्षीय वर्षादी लोधको मृत्यु भएको थियो। रामफेरनको निधनसँगै उक्त घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितिसिंह राठौरका अनुसार काम गरिरहेकै अवस्थामा अचानक पर्खाल खसेर उनीहरू च्यापिएका थिए। घटनास्थलमै ज्यान गुमाएका लोधको शव परीक्षणपश्चात् आफन्तलाई बुझाइसकिएको छ भने कोरीको शव परीक्षणका लागि भेरी अस्पतालमै राखिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |