


काठमाडौँ : नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पूर्वसभापति शेरबहादुर देउवाले दर्ता गराएको पुनरावलोकन निवेदन अघि बढाउने निर्णय गरेको छ।
प्रधानन्यायाधीश डा. मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले देउवाको निवेदनमाथि पुनरावलोकनको निस्सा दिने आदेश जारी गरेको हो ।
यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको थियो। उक्त फैसलामा असन्तुष्टि जनाउँदै देउवाले पुनः विचारका लागि सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए।
सर्वोच्चको यस पछिल्लो आदेशसँगै गगन थापा नेतृत्वले पाएको आधिकारिकताको विषयमा न्यायिक पुनरावलोकन भई फेरि सुनुवाइ हुने बाटो खुलेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |